मिस लिटिल नेवाः का प्रतिस्पर्धिले देखाए प्रतिभा


नेप्लीज फेसन होमले आयोजना गरिरहेको ११ औं संस्करणको मिस लिटिल नेवाः का ३३ जना प्रतिस्पर्धि बालिका तथा किशोरीहरुले प्रतिभा प्रस्तुत गरेका छन्। प्रतियोगिताको ट्यालेन्ट शो अन्तर्गत उनीहरुले ललितपुरको ग्वार्कोस्थित क्लब १९९९ एडीमा आयोजित ट्यालेन्ट शोमा आफूमा निहित प्रतिभा प्रस्तुत गरेका हुन्।

नेवार भाषा, संस्कृति तथा रहनसहनलाई सांस्कृतिक रुपले संरक्षण गर्ने उदेश्यले आयोजित उक्त प्रतियोगितामा नेवार समुदायका ९ वर्षदेखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरु छन्। ट्यालेन्ट शोको क्रममा अधिकाशं प्रतिस्पर्धिले नेवारी गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका छन्।

परम्परागत नेवारी पहिरनमा सजिएका बालिका तथा किशोरीहरुले नेवारी भाषाकै गीतमा नृत्य प्रस्तुत गर्दा उनीहरुको अभिभावक तथा निर्णायकहरु मन्त्रमुग्द देखिन्थे।

ट्यालेन्ट शोको क्रममा प्रतिस्पर्धिहरु रिधाना श्रेष्ठ, श्रीजिका श्रेष्ठ, श्रीजला महर्जन, स्मृति खड्गी, सगुन श्रेष्ठ, शेयोन डंगोल, डेनिशा श्रेष्ठ, वर्षा श्रेष्ठ, एलिजा श्रेष्ठ, सिजल महर्जन, अनिशा श्रेष्ठ, शिल्पि बज्राचार्य, स्वान्ती श्रेष्ठ, श्रृष्टी सापाल, अल्फिना सुद्धकार, रासा प्रजापति, गरिमा श्रेष्ठ, तिमिला गोजा श्रेष्ठ, एन्जेला जोशी, निशा श्रेष्ठ, वृष्टि प्रजापति, ओसिन महर्जन, जेनिशा जोशी, सोभना श्रेष्ठ, रोशनी सुवाल तथा मुस्कान प्रजापतिले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे। ती मध्ये अधिकांशले नृत्यका लागि लोकप्रिय नेवारी गीत छनोट गरेका थिए भने केही प्रतिस्पर्धिले परम्परागत तथा धार्मिक नृत्य प्रस्तुत गरेका थिए। त्यसक्रममा उनीहरुले धिमे नाच, काली नाच, बज्रयोगिनी नाच आदि नाच प्रस्तुत गरेका थिए।

रुनिषा पुजारीले हार्मोनियमवादन गरेर आफ्नो प्रतिभा प्रस्तुत गरिन् भने आन्या महर्जनले चित्रकलामा आफ्ना भावना पोखिन्। जेनी मानन्धरले वक्तृत्व कलामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् भने परिषा टोकाले गीत गाइन्। स्नेहा ताम्रँकारले तेक्वान्दोका कौशल प्रदर्शन गरेको समारोहमा कुसुम श्रेष्ठले बाँसुरी वादन गरेर मीठो धुन सुनाइन्।

मिस नेवाः सुनिता डंगोल र किड क्विन करीना भट्टराईले होस्ट गरेको ट्यालेन्ट शोमा प्रदीपमान प्रधान प्रमुख अथिति रहनु भएको थियो भने डा.विमला शाक्य सभापति तथा निर्णायकको रुपमा रहनु भएको थियो। नेपाः डान्स एकेडेमीकी रीना महर्जन, कलाकर्मी डटकमकी सम्पादक अरुणा भट्टराई, उद्यमी अञ्जु श्रेष्ठ, फोटोपत्रकार हरीगोपाल प्रधान, मिस नेवाकी फस्ट रनर्स अप ओजस्वी श्रेष्ठ, सञ्चारकर्मी त्रिलोचन प्रधान पनि निर्णायकको रुपमा रहनु भएको थियो।

SUBSCRIBE 👉