पंकज र स्वस्तिलाई मिष्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि


शनिबार राजधानीमा मिष्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०१७ सौन्दर्य प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा पंकज सिंह ठकुरी र स्वस्ति वैद्यले मुख्य उपाधि प्राप्त गरे। पंकज र स्वस्ति दुवै जनाले वेष्ट वल्कको उपाधि समेत हासिल गरे।अब यी दुवै विजेताले ब्राजिलमा संचालन हुने मिष्टर एण्ड मिस टिन वल्र्डको फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

पंकजले पर्सनालिटी र फोटोजेनिक विधामा पनि आफ्नो दर्ता गराए। साहिल खान र प्रिज्म प्रधान आयोजक रहेको यो प्रतियोगिता प्रिज्म मिडिया प्रा.लि.को सहकार्यमा एसएन इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको थियो।

प्रतियोगितामा सफल अग्रवाल र लुनिभा महर्जन फस्ट रनर अप तथा संजिव महर्जन र सलिना भित्रकोटी सेकेन्ड रनर अप चयन भए। कार्यक्रमका निर्देशक साएम सापकोटा अनुसार टिनएज अवस्थाका नेपाली युवा युवतीलाई आफ्नो ब्यक्तित्व र आत्मविश्वासलाई प्रतियोगितात्मक कार्यक्रम मार्फत् प्रभावकारी बनाउनमा सहयोग गर्ने र उनीहरुको प्रतिभालाई अन्तर्राष्ट्रिय मंच सम्म पु¥याउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

नेपाः डान्स एकेडेमीका कलाकारहरुको नृत्य प्रस्तुति एवं गायक तथा संगीतकार काली प्रसाद बाँसकोटाले सांगीतिक मनोरञ्जन प्रदान गरेको यो प्रतियोगितामा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेताद्वय सलोन बस्नेत र कोशिश क्षेत्री, पूर्व मिष्टर नेपाल सन्दीप क्षेत्री तथा मोडलद्वय पूजा गिरी र प्रितम श्रेष्ठ कारंजीत निर्णायकको भूमिकामा थिए।

रोजिन शाक्यको कोरियोग्राफी एवं उद्घोषणमा संचालन भएको यो प्रतियोगितामा संजीव महर्जन र कन्चन थापा ट्यालेन्ट, सफल अग्रवाल र आँचल श्रेष्ठ कन्जिनियालिटी, राहुल तुलाधार र करिना गोपाली चार्मिङ, सलिना भित्रकोटी र सफल अग्रवाल पपुलर, सविन के.सी. र पूजा नेपाली फेसबु च्वाइस, रवि श्रेष्ठ र सलिना भित्रकोटी भिअर च्वाइस, प्रज्ज्वल श्रेष्ठ र रसना श्रेष्ठ वेष्ट ड्रेस विधामा विजेता चयन भएका थिए। प्रतियोगितामा कन्चन थापा युवती तर्फ फोटोजेनिक र सलिफा गुरुङ युवतीतर्फ पर्सनालिटी विधामा उत्कृष्ट ठहरिएका थिए।

SUBSCRIBE 👉