‘नाइँ नभन्नु’की नायिका ऋचासिंह ठकुरी पनि अब निर्मात्री


चलचित्र नाइँ नभन्नु लको पहिलो श्रृंखलाबाट उदाएकी अभिनेत्री ऋचासिंह ठकुरी केही बर्षयता चलचित्र क्षेत्रबाट गुमनाम भईन। अब भने उनि निर्मात्रीका रुपमा चलचित्र क्षेत्रमा कम ब्याक गर्दैछिन्। उनको प्रस्तुतिमा उनकै निर्माण कम्पनी अबिर हाउस प्रोडक्सनबाट चलचित्र ‘सुपर गोर्खे’ तयार भएको छ। राज थापाको निर्देशन रहेको चलचित्र ‘सुपर गोर्खे’मा ऋचासिंह ठकुरी नै मुख्य नायिका छिन् भने निर्देशक तथा उनका श्रीमान राज नायकका रुपमा देखिएका छन्।

हालै उक्त चलचित्र ‘सुपर गोर्खे’को टिजर सार्वजनिक भएको छ। हास्यशैलीको टिजरमा सुपरम्यान, ब्याटम्यानपछि नेपाली सुपरहिरो सुपर गोर्खेलाई हेर्ने आग्रह गरिएको छ। चलचित्र ‘सुपर गोर्खे’का निर्माता इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठुले), सुदिपजङ्ग थापा हुन् भने यसमा ताराप्रकाश लिम्बु र फिलिप जोनको संगीतमा सुदिन पोखरेल, रुपक डोटेल, ताराप्रकाश लिम्बु, रजिना रिमाल र मिलन अमात्यको गायन छ।

चलचित्रमा ऋचा र राज सँगै सुरजसिंह ठकुरी, निराजन लुइ“टेल, भुपेन्द्र क्षेत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई, कामना भुजेल लगायतका कलाकारहरुको अभिनय छ। किरण माइकलको लेखन रहेको चलचित्र ‘सुपर गोर्खे’लाई सौरभ लामाले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन्।

चलचित्र ‘सुपर गोर्खे’मा चन्द्र पन्तको एक्शन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यम रानाको भिएफएक्स रहेको छ। एफडी कम्पनीले वितरण गर्ने चलचित्र ‘सुपर गोर्खे’ मंसिर २९ गते देशभरी एकैसाथ प्रदर्शन हुने भएको छ।
हेर्नुहोस् चलचित्रको टिजर

SUBSCRIBE 👉