सुष्टि बनिन् मिस एसएलसी आइकन


miss-slc-icon-2014
ग्ल्यामर नेपाल, काठमाडौं । अल नेपाल पब्लिकेसनले गत शनिवार राजधानीमा आयोजना गरेको ‘मिस एसएलसी आइकन’ सुन्दरी प्रतियोगिताको उपाधि सृष्टि तामाङले चुमेकी छन्। उनले १३ प्रतिस्पर्धीलाई उछिन्दै ‘बेस्ट हेयर’को टाइटल पनि जित्दै ज्वेलर्स गिफ्ट ह्याम्पर र निःशुल्क एयरहोस्टेस तालिमको अवसर प्राप्त गरेकी छन्।

प्रतियोगितामा रेश्मा थापा फस्ट रनरअपसँगै ‘बेष्ट ट्यालेन्ट’ विधाको उपाधि पनि जितिन् भने सविना ओझा सेकेन्ड रनर अप भईन् । विधागत अवार्डमा स्मृति गुरुङ बेस्ट क्याटवाक, रक्षा कार्की बेस्ट फोटोजेनिक र मोस्ट पपुलर, सदीक्षा थापा बेस्ट पर्सनालिटी, प्रिया कुँवर बेस्ट डिसिप्लिन, मिना महरा बेस्ट स्माइल घोषित भए। त्यस्तै विद्या न्यौपाले भ्युअर च्वाइस्, रोजी त्यात फेसबुक अडियन्स च्वाइस, सहारा च्याकुरेल बेस्ट स्पिच, प्रतिभा सेन बेस्ट कन्जनालिटी, प्रशंसा गुभाजु ब्युटि विथ पर्पोज र सन्ध्या न्यौपाने बेस्ट म्यानेजमेन्ट टाइटल बने । प्रतियोगिताको उत्कृष्ट ९ मापरेका निःशुल्क प्लस टु अध्ययनको अवसर पाउने आयोजक संस्थाका प्रबन्धक निर्देशक लवबहादुर कार्कीले बताए।

SUBSCRIBE 👉