श्रोतासंग अशोकको माफी


ashok-kumar-pyasi

Ashok Kumar Pyashi – Mafi

ग्ल्यामर नेपाल, काठमाडौँ । गायक अशोककुमार प्यासीले श्रोताका लागि ‘माफी’ नामक चौथो एल्बम लिएर आएका छन्। उदयपुर कटारीका गायक राईले यसअघि ‘आकाशको तारा गनेर’, ‘यो जुनीमा तिम्रै हुन पाउँ’ र ‘प्यासी’ गरी तीन गीति एल्बमहरु बजारमा ल्याईसकेका छन्।

 

उनको चौथो एल्बममा पप–आधुनिक गीतहरुको संग्रह रहेको छ। एल्बममा ‘माया र पिरतीमा’, ‘रातो भाले’, ‘आँखामा तस्वीर उसको’, ‘छाड्नु रहेछ’ र ‘तिम्रै निम्ति’ गरी पाँच गीत छन्। गीतमा स्वीकृति बराल, प्रियजन राई, रवि गोले र अशोककै शब्द रहेको छ भने ताराप्रकाश लिम्बू, विनोद खम्बु, शिव थापा र गायक स्वयम्ले संगीत भरेका छन्। उनका अनुसार ‘माया र पिरतीमा’ र ‘रातो भाले’ बोलका गीतलाई श्रोताले अत्यधिक मनपराइरहेको छन्।

 

SUBSCRIBE 👉