पुरुश्वोतम र सबिना ‘टप मोडल २०१७’को बिजेता घोषित


फेशन संसार डट कमको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ‘टप मोडल २०१७’ को ग्रान्ड फिनालेमा पुरुश्वोतम मलिक र सबिना भण्डारी बिजयी भएका छन्। ‘टप मोडल २०१७’ मा पुरुष तर्फ फस्ट रनरअप विकल्प शर्मा र सेकेन्ड रनरअप गणेश चन्द बन्न सफल भए भने महिला तर्फ फस्ट रनरअप रन्जिता भट्टराई र सेकेन्ड रनरअप संगीता थापा घोषित भएl

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक फेशन संसार डट कमको दाबी छl

टप मोडल २०१७ को अन्तिम प्रतिस्पर्धामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, इभेन्ट अर्गानाइजर निशु झा, नायिका नम्रता झा र कलाकार अजय पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिय।

प्रतियोगिताको कोरियोग्राफर अज्जु मन्सुरले गरेका थिएl यो प्रतियोगीताले युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने, सहभागी युवा युवतीहरुलाई प्रोत्साहन मिल्ने, आत्मा बिश्वासका साथ उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरामा आयोजक पक्ष विस्वस्त छ। कार्यक्रमको संचालन आश्विनी झा तथा सन्नी निधिले गरेका थिए l

SUBSCRIBE 👉