मिस ज्यापुको उपाधि गृष्मा डंगोललाई


ज्यापु समुदायको साँस्कृतिक परिवेश र जातिय पहिचानको विविध पक्षको सेरोफेरोमा रहेर आयोजना भएको तेस्रो संस्करणको मिस ज्यापु सौन्दर्य प्रतियोगिता गएको आइतबार विधिवत् रुपमा विसर्जन भएको छ।

फाइनल प्रतिस्पर्धामा नगद पुरस्कार पचास हजार सहित गृष्मा डंगोल शीर्ष उपाधि विजेता चयन भइन्। उनी वेष्ट ड्रेस अप र लिडरशीप विधामा पनि उत्कृष्ट ठहरिएकी थिइन्। प्रतियोगितामा लिजा महर्जन फस्ट रनर अप तथा वेष्ट पर्फमेन्स र पर्सनालिटी विधाको अवार्ड सहित बानी महर्जन सेकेन्ड रनर अप चयन भएका थिए। लिजा र बानी क्रमशः रु पच्चीस हजार र पन्ध्र हजार नगद पुरस्कारका रुपमा प्राप्त गरे। यसैगरी कृतिका महर्जनले नगद पुरस्कार रु दश हजार सहित मिस ट्यालेन्ट अवार्ड आफ्नो नाम दर्ता गरिन्।

नासः मण्डलको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको सो प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको थियो। १७ जना ज्यापु समुदायका युवतीहरु उपाधि दौड यात्रामा सहभागि रहेको प्रतियोगिताको अन्य उपाधिहरुमा वेष्ट स्माइल र डिसिप्लीनमा प्रतिमा डंगोल, फोटोजेनिकमा निरु महर्जन, वेष्ट वाकमा पलिस्था महर्जन, पब्लिक च्वाइसमा राजेश्वरी महर्जन र पब्लिक रिलेसनशीपमा सविता पुतुवार विजेता चयन भएका थिए।

यसैगरी रेश्मा डंगोल ट्राडिसनल फूड, सृष्टि महर्जन नेपाल भाषा, सोर्जिना डंगोल कल्चरल तथा सृजना महर्जन फ्रेन्डशीप विधामा पुरस्कृत भएका थिए।

SUBSCRIBE 👉