‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा नेपालकी बिशेषता


‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व बिशेषता बुढाथोकीले गर्ने भएकी छन्। ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगीताको उनी नै नेपालको पहिलो सहभागी हुन्।

यस अगाडि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी बिषेशताले सो प्रतियोगीताबाट ‘लिटिल मिस प्लानेट’ र ‘लिटिल मिस ट्यालेन्ट उपाधी’ नेपाल भित्र्याउन सफल भएकी थिइन्।

‘चाइल्ड आइकन २०१७’की बिजेता समेत रहेकी बुढाथोकीले विस्वको मोडलिङमा आफ्नो स्थान बनाउने उदेश्यले प्रतियोगीतामा भाग लिन लागेको बताइन्।

राजधानीमै रहेको जोन डेवे स्कुल कक्षा पाँचमा अध्यायनरत १० बर्षिया बुढाथोकीलाई इप्लानेट नेपालले प्रतियोगीतामा पठाउन लागेको हो। ४१ देशका बाल सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा बुढाथोकीले डिजाइनर उत्तम बनेपालीले तयार पारेका बिभिन्न कल्चरल ड्रेस समेत प्रस्तुत गर्नेछिन्।

कोरियोग्राफर रोजिन शाक्यको आकर्षक ग्रुमिङ क्लास सहित बिषेशता कार्यक्रम सहभागी हुन लागेको इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले जानकारी दिए।

SUBSCRIBE 👉