नेपाल अफ्रिका फिल्म फेस्टिबल शुरु


nepal africa film festival 2014 (6)ग्ल्यामर नेपाल, काठमाडौं । अफ्रिका र नेपालबीच सांस्कृतिक आदानप्रदान तथा विकासका लागि सहयोग पु¥याउँदै दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले मंगलबारबाट राजधानीमा तीन दिने चौथो नेपाल अफ्रिका फिल्म फेष्टिबल शुरु भएको छ। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले सन् २०११ देखि आयोजना गर्दै आएको फेस्टिबलको चौथो संस्करणको उद्घाटन संविधानसभाका सभासद रञ्जित कर्णले गरे।

nepal africa film festival 2014 (7)राजधानीको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित उद्घाटन कार्यक्रममा फेस्टिबल निर्देशक तथा कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्रले फेस्टिवलमा प्रदर्शन हुने अफ्रिकी फिल्मले अफ्रिकी भू–राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्दत गर्ने बताईन् । उनले अफ्रिकामा पनि नेपाल फिल्म फेस्टिबल गर्नुपर्नेमा जोड दिईन्।

nepal africa film festival 2014 (8)प्रमुख अतिथि कर्णले दुई देशबीचको सम्बन्धलाई सुदृढ पार्न आयोजना गरिएको फेस्टिभलले नेपाली दर्शकलाई अफ्रिका सम्बन्धी फिल्म बुझ्न सजिलो हुने बताए । फेस्टिबलको पहिलो दिन सेनेगलको टुकी–बुकी, नेपालको राहदानी र युगाण्डाको दि ग्रिन ड्रिम प्रदर्शन गरिएको छ । त्यस्तै बुधबार घानाको दि गु्रम्स् ब्राइड, नाइजेरियाको मदर अफ जर्ज, मोरक्कोको ल इन्फेन्ट इन्डर्मी प्रदर्शनी र बिहीबार साउथ अफ्रिकाको वीनी मण्डेला, कंगोको वार वीच, ल इन्भी लुष्ट र नेपाली वृत्तचित्र हिऊँ चितुवा प्रदर्शन गरिनेछ।

SUBSCRIBE 👉