अन्तर्राष्ट्रिय मिस टिन ब्युटी प्याजेन्ट २०१७ मा स्वस्ति वैद्य


टिनएजरमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन ब्युटी प्याजेन्ट २०१७’ मा नेपालका तर्फबाट स्वस्ति वैद्य सहभागि भएकी छिन्। सो प्रतियोगिताका लागि नेपाली प्रतिनिधि स्वस्ति गत बूधबार ब्राजिल प्रस्थान गरेकी हुन्। प्रतियोगिता ब्राजिलको पोर्टो आलेग्री शहरमा नोभेम्बर १५ देखि २० तारिखमा संचालन हुँदैछ।

दश जोड दुई अध्ययन पूरा गरेकी भक्तपुर निवासी स्वस्ति भविष्यमा आइटी इन्जिनियर बन्न चाहन्छिन्। उनलाई नृत्य, गायन र कुकिङमा रुचि रहेको छ।

एसएन इन्टरनेसनल इभेन्ट्स र प्रिज मिडिया प्रा.लि.को सहकार्यमा एसएन इन्टरनेसनल इभेन्ट्सको आयोजनामा हालै राजधानीमा सम्पन्न भएको मिष्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०१७ मा युवती तर्फको मुख्य उपाधि विजेता स्वस्तिलाई मिस टिन ब्युटी प्याजेन्ट २०१७ मा सहभागि हुने अवसर तथा चाँजोपाँजो उल्लेखीत संस्थाले नै गरेको हो।

मिस टिन ब्युटी प्याजेन्ट २०१७ का लागि ब्राजिल प्रस्थान गर्नु अगाडि स्वस्तिले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकीकरण र तालिम प्राप्त गरेकी थिइन्।

SUBSCRIBE 👉