विश्वकै राम्री सेक्युरिटी गार्ड!


अस्ट्रेलियाको एक जेलमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने इसाबेली डेल्टोरीलाई जेलका कैदीहरूले विश्वकै राम्री सेक्युरिटी गार्डको उपनाम दिएका छन्। जेलका कर्मचारी तथा कैदीहरूले सधैं फरक दृष्टिकोण राखेर हेर्ने र जिस्क्याउने इसाबेलीले हालै एक पत्रिकालाई अन्तवार्ता दिने क्रममा उक्त कुरा सार्वजनिक गरेकी हुन्।

जेलका एक कैदीले अश्लील गाली गर्ने क्रममा यो केटी गार्ड होइन मोडल हुनुपर्ने भनेपछि उनमा मोडलिङको भूत सवार भयो। मोडल त बन्ने तर कसरी भनेर सोच्दासोच्दै उनले एक नाइट क्लबमा स्ट्रिप डान्सरको काम पाइन्। दुई साता सेक्युरिटी गार्डको काम गरेर कमाउने पैसा उनले त्यहाँ पहिलो दिन एकै रातमा कमाइन्।

काम भनेको यो पो रहेछ भनेर उनले भोलिपल्टै सेक्युरिटी गार्डको जागिरबाट राजीनामा दिइन्। त्यसपछि सौन्दर्य प्रतियोगितामा समेत सहभागी भएकी इसाबेलीले मिस वल्र्ड न्यूड ब्युटी कन्टेस्टमा उपाधि नै जितिन्। उनी अहिले आफ्नो करियरमा यो मोड आउनुको श्रेय ती कैदीहरूलाई दिन्छिन्, जसले उनलाई विश्वकै राम्री सेक्युरिटी गार्डको उपनाम दिएका थिए।

SUBSCRIBE 👉