मिस युनिभर्समा नग्मा श्रेष्ठलाई भोट गरौ । #MissUniverse #Nepal


नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न आग्रह गरेकी छिन। पहिलो मिस नेपाल युनिभर्स नग्मा यतिबेला लास भेगसमा आफुलाई विभिन्न राउण्डको लागि तयार गरिरहेकी छिन। पहिलोपटक मिस युनिभर्समा पुगेकी नग्माले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताएकी छिन। नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा आफ्नो देशको सस्कृति झल्किने भेष भुषामा आफुलाई प्रस्तुत गर्ने्छिन्।

उनलाई आफ्नो जिमेल एकाउन्ट लग इन गरेर दिनमा १० भोट सम्म गर्न पाइनेछ। साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ। त्यसको लागि #missuniverse / #Nepal ह्यासट्याग गर्नु पर्छ र र यसको रि-ट्विटको पनि भोटिंग काउन्ट हुनेछ। नग्मालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्।

एसो भन्छिन् नग्मा श्रेष्ठ
म नेपाललाई पहिलो पटक प्रतिनिधित्व गर्दै यहा आउँन पाउदा आफुलाई भाग्यमानी ठानेको त छु नै साथै दायित्व बोध पनि छ। यसैले गर्दा पनि मिस नेपाल युनिभर्स घोषणा भएसंगै मैले आफुलाई तयार गर्न विभिन्न प्रशिक्षण पनि लिई रहेको छु । तर मेरो यी सबै मेहनेतलाई सफल पार्न तपाइको भोट पनि अमुल्य छ। त्यसैले मलाइ भोट गर्न हुन् समस्त नेपालीलाई आग्रह गर्न चाहन्छु। तपाइको भोट र मेरो मेहनतले नै हामीलाई सफलता दिलाउनेछ।

SUBSCRIBE 👉