बक्षस्थल शल्यक्रियाका लागि चन्दा माग्दै युके मोडल [भिडियो हेर्नुहोस्]


वेलायतको राजधानी लन्डन स्थित साउथ बैंकको व्यस्त सडकमा एक युवती प्ले कार्ड लिएर उभिएकी थिइन्। उनले बोकेको प्ले कार्डमा लेखिएको थियो, ‘मोडल: निड मनी फर बुब जव।’ उनी मोडल थिइन् र बक्षस्थल शल्यक्रियाका लागि भन्दै चन्दा उठाइरहेकी थिइन्।

यस्तो अनौठो माग राखेको देखेपछि आसपासका मानिसहरु आश्चर्य चकित नहुने कुरै भएन। कोहि उनलाई फर्कीफर्की हेर्न थाले, कोहि अघिल्तिर पैसा राख्न थाले, कोहि मजाक उडाउन थाले। यस्तो मोडल देखेपछि सेल्फी खिच्नेदेखि भिडियो रेकर्ड गर्नेसम्मको ताँती लाग्यो। तलको भिडियो हेर्नुहोस्।

यसैवीच एक यस्ता भलाद्मी देखापरे र प्रस्ताव राखे, ‘म तिमीलाई पैसा दिन्छु, त्यसवापत एक रात मसँग विताउनु पर्नेछ।’ उनको प्रस्तावलाई मोडेलले स्विकार गरिनन्। अर्को महिला आइन् र व्रेस्ट सर्जरी गर्न नपर्ने प्रवचन दिन थालिन्।

वास्तवमा यो मानिसको स्वभाव र प्रतिक्रिया जान्नका लागि एक ‘सामाजिक अभ्यास’ थियो। तलको भिडियो हेर्नुहोस्। भिडियोको विवरणमा लेखिएको छ, संकलित रकम ‘ब्रेस्ट क्यान्सर रिसर्च’ लाई दिइनेछ। – भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉