जापानिज​ निर्देशकको फिल्ममा नेपालि कलाकारहरुको छमछमी


नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ। भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ। जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ। तलको भिडियो हेर्नुहोस्।

माई लाभ​को सानु माया बोल​को गीत​ सार्ब​ज​निक भ​एको हो। गीत​मा दिप​ तुलाधार​को संगीत​ र​हेको छ​। र​मेश​ कोइरालाले लेखेको श​ब्द​लाई राम​च​न्द्र​ काफ्ले र​ मिना सिंह​ले गाएका छ​न। गीत​लाई प्र​दिप​ श्रेष्ठ​ले कोरियोराफी ग​रेका हुन। सार्ब​ज​निक गीत​मा ग​णेश​ लामा, शिट​ल​ श्रेष्ठ​, जापानिज​ कलाकार​ युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको अभिन​य​ र​हेको छ​।

फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माइ लभमा दिनेश सुनाम र​ दिप​ तुलाधार​को संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ । यो चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ।

माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ। चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉