क्यानडामा हंगामा भो


pramod-kharel

Singer Pramod Kharel

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सुगम संगीतमा पछिल्लो समयमा चर्चित बनेका गायक प्रमोद खरेलले हालै क्यानाडामा रहेका नेपालीलाई नँचाएका छन्। विशेषत गजल गायनमा अब्बल मानिएका यी झापाली गायकले बुद्ध जयन्तीको अवसर पारेर क्यानडाको टोरन्टोमा आफ्ना दर्जन बढी चर्चित गीत सुनाएर दर्शकलाई नँचाएका हुन्।

‘हामी नेपाली’ नाम दिईएको कार्यक्रममा प्रमोदले ‘मुस्किल छ पोखरामा’, ‘डुबायो पापी मायाले’, ‘हंगामा भो’लगायतका चर्चित गीतहरु गाएका थिए। ‘दर्शकले मलाई पुरा साथ दिएका थिए, कार्यक्रम निकै रमाइलो भयो।’ हाल क्यानाडमै रहेका प्रमोदले भने। उनका अनुसार जुन १ मा क्यानाडाकै इडमोन्टोनमा अर्को कार्यक्रम हुँदैछ भने जुन २ मा प्रमोद नेपाल फर्कदैछन्।

SUBSCRIBE 👉