राजधानीमा रोबोटले सेवा दिने रेस्टुरेन्ट । अर्डर गरेको खाना वेटरले होइन रोबोटले ल्याउँछ


नेपालमै पनि पहिलोपटक रोबोटले सेवा दिने रेस्टुरेन्ट सुरु भएको छ। काठमाडौंको खिचा पोखरीस्थित पिपुल्स प्लाजामा खोलिएको रेष्टुरेन्टमा ग्राहकको अर्डर अनुसार रोबोटले खानाका परिकार पस्किने छ । रेष्टुरेन्ट परिसरमा एक कार्यक्रमको आयोजना गरी रेष्टुरेन्टका संचालक तथा प्रबन्ध निर्देशक रन्जित साहले करिब २ करोड रुपैयाको लगानीमा संचालन गरिएको कुरा जानकारी गराए। रेस्टुरेन्टको उद्घाटन अभिनेता सौगात मल्ल र अभिनेत्री वेनिषा हमालले गरेका थिए। तलको भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉