प्रमोद खरेलको रोचक कथा: कसै कसैलाई मुस्किल छ पोखरामा


नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको ब्यस्तता बढ्दो। चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘म बिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले। यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो। चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन्।

उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन्। स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन्। कुराकानीका क्रममा केन्द्रबिन्दु डट कम सँग प्रमोद खरेलले आफ्ना केहि रहस्यहरु खोलेका छन्। – भिडियो हेर्नुहोस्


video @ Kendrabindu TV / you tube

SUBSCRIBE 👉