‘मिस यूनिभर्स’ उत्कृष्ट ‘इभिनिङ गाउन’को सूचीमा नग्मा श्रेष्ठ


‘मिस यूनिभर्स’ मा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी नग्मा श्रेष्ठ उत्कृष्ट ‘इभिनिङ गाउन’ स्पर्धाको लोकप्रियभित्र पर्न सफल भएकी छिन्। उनी अस्ट्रेलियाकी ओलिभिया रोजर्स, इजिप्टकी फराह सेडकी, फिनल्यान्डकी मिचेला सोडेरहोल्म, फ्रान्सकी एलिसिया आइलियस, बेलायतकी आना बुर्डेजी, कोरियाकी सेवे च्यो, लेबनानकी जाना साडे र माल्टाकी टिफानी पिसानीसँगै लोकप्रियको सूचीमा समावेश भएकी हुन्।

उत्कृष्टको सूचीमा नेदरल्यान्ड, पोल्यान्ड, रुस, श्रीलंका, तान्जानिया, थाइल्यान्ड र अमेरिकालगायत देशका १५ सुन्दरी समावेश छन्। ‘मिस यूनिभर्स’ को मुख्य स्पर्धा आइतबार राति अमेरिकाको लस भेगासमा हुँदैछ। ‘मिस यूनिभर्स’ मा नेपाल जस्तै कम्बोडिया र लाओस पनि पहिलो पटक सहभागी हुँदै छन्।

SUBSCRIBE 👉