फेशन सोमा निर्वस्त्र महिला र पुरुष मोडल


आदीम कालमा मानिस नाङ्गो थिए। नाङ्गोपनमा पनि सौन्दर्यता हुन्छ। त्यही कुरालाई पून: परिभाषित गर्न डेनमार्क, कोपेनहेगनमा आयोजना भएको कोपेनहेगन फेसन विकमा कोपेनहेगन कै डिजाइनर निकोलास नेब्रोले आफ्नो सिक्वेन्समा मोडलहरुलाई नाङ्गै प्रस्तुत गरे। महिला र पुरुष मोडललाई फेशन शोमा निर्वस्त्र प्रस्तुत गरेपछि उनको सिक्वेन्सले ब्यापक चर्चा पायो।

यो सिक्वेन्समा आफुले निवस्त्रपनलाई बढावा दिनु भन्दा पनि सबै मानिसहरुले लुगा लगाउनु थाल्नु भन्दा अघि पनि राम्रा देखिन्थे भन्ने कुरालाई देखाउन र मानिसको शरीर प्रति समर्पण गर्ने उद्धेश्यले यो सिक्वेन्स प्रस्तुत गरिएको उनको भनाई छ। उनले भने – ‘फेसनले उद्योगको रुपमा मान्यता पाएपछि फेसन डिजाइनमा धेरै प्रतिस्पर्धाहरु भए। तर हामी निवस्त्र हुदाँ पनि राम्रा नै देखिन्थ्यौं।’

सन् २००९ मा डेनमार्कको कोल्डिङ डिजाइन स्कुलवाट ग्राजुएट गरेका निकोलासले सन् २०११ देखि आफ्नै ब्राण्डमा विभिन्न स्टाईलका पोशाकहरु उत्पादन गरिरहेका छन्।

THE SUN

SUBSCRIBE 👉