‘हर्ट सेप ब्रेष्ट च्यालेन्ज’ स्तनमा मुटुको आकृती बनाउने लहर [तस्विरहरु]


चीनको सर्वाधिक लोकप्रिय सामाजिक संजालमा युवतीहरुमा स्तनलाई मुटुको आकारमा प्रस्तुत गरी खिचिएको फोटो अपलोड गर्ने कार्य भाइरल भैरहेको छ। चीनको सामाजिक संजाल वेइबोमा युवतीले आफ्नो स्तनलाई हातले थिचेर मुटुको आकार बनाएको तस्विर अपलोड गर्ने लहर अहिले चलेको छ। यस्ता तस्विरहरु लाखौंको संख्यामा अपालोड भईसकेका छन्।

‘हर्ट सेप ब्रेष्ट च्यालेन्ज’ अभियान अन्तर्गत भएको यो भाइरल अभियानमा आकर्षक स्तन भएका स्वस्थ युवतीहरुले मात्र भाग लिनु भन्ने एउटा मात्र नियम राखिएको छ। केही प्रयोगकर्ताहरुले सानो स्तन भएका युवतीहरुले भाग नलिनु होला किनकी तपाईको स्तन थिचेर मुटुको आकारमा आउदैन भनेका छन्। यस्तै एक प्रयोगकर्ताले आकर्षक शरीर भएका युवतीले मात्र सहभागि हुनु भनेर नियम बनाएका छन्।

चीनमा पछिल्लो पटक शरीरका विभिन्न भागहरुलाई सामाजिक संजालमा प्रदर्शन गर्ने अभियान भाइरल हुने गरेको छ। जसको पछिल्लो उदाहरणको रुपमा ‘हर्ट सेप ब्रेष्ट च्यालेन्ज’ रहेको छ। यसअघि चीनमा फिंगर नट अभियानमा आफ्नो औंलाको लचकता देखाउने अभियान सामाजिक संजालमा भाइरल भएको थियो। सन् २०१५ मा बेली बटन च्यालेन्ज चलेको थियो। यो अभियानमा १ करोड ३० लाख ब्यक्तिहरुले भाग लिएका थिए।


DAILYMAIL

SUBSCRIBE 👉