मङ्सिर १७ गते मिस एण्ड मिस्टर विश्वकर्मा २०१७ को ग्राण्ड फिनाली


‘युवा पिढीं बाट नै सकारत्मक समाज परिवर्तन गर्न सम्भब छ भन्ने सोच सँगै परिवर्तनको लागी हाम्रो आवाज’ भन्ने मुल नाराका साथ पहिलो पटक मिस्टर बिश्वकर्मा २०१७ र दोस्रो पटक मिस विश्वकर्मा २०१७ आयोजना हुँदैछ। प्रतियोगिताको अन्तिम चरणको प्रतिष्पर्धा मङ्सिर १७ गते हुने भएको छ। मंशिर १ गते बाट सुरु गरिएको ग्रुमिंग सेसनमा संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरले प्रतियोगीहरूलाई प्रशिक्षण दिईरहेका छन्।

सम्पूर्ण बिस्वकर्मा समुदायहरु लाइ एकै ठाउ समेटी ‘मिस एण्ड मिस्टर विश्वकर्मा २०१७’ प्रतियोगिताको आयोजक परिवर्तन इभेन्ट हाउस प्रालि। जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न आयोजना गर्न लागेको यस प्रतियोगितामा विश्वकर्मा समुदाय भित्र का १०६ थर हरु लाई लक्षित गरिएको छ।

बिस्वकर्मा समुदायको पहिचान, सस्कृति ,इतिहास बारे बिस्वकर्मा समुदाय लाइ एकबद्द गराई यस समुदायको हकहित र पहिचानलाइ राष्ट्र र अन्तराष्ट्रिय रुपमा प्रस्तुति गराउने लक्ष्य सहित यो कार्यक्रम आयाजना गरेको आयोजक राज बराइलीले बताए। नेपालकै तथाकथित शोषणमा पारिएका जातीयता भित्रको ठुलो यो सौन्दर्य प्रतियोगितामा विश्वकर्माहरुको इतिहास, आफ्नो भाषा सस्कृति, विशुद्ध युवापिढीहरुको व्यक्तित्व विकास, सञ्चार क्षमता र प्रतियोगीहरुमा भएको आत्मविश्वास अभिवृद्धि गराउने कुरामा लक्षित रहेको छ।

SUBSCRIBE 👉