प्रवल गुरुङको डिजाइनमा सजिए इत्तेहाद एरवेजका क्याबिन क्रु


चर्चित नेपाली फेसन डिजाइनर प्रवल गुरुङको डिजाइनमा यसपाली इत्तेहाद एरवेजका क्याबिन क्रु मेम्बर सजिए, ग्रिड गर्लका रुपमा। प्रसंग अबुधाबीको यास मारिना सर्किटमा सम्पन्न फर्मुला वान रेसको हो। एयरवेजका सुन्दरीहरु प्रवलको ग्ल्यामरस डिजाइनमा सजिएर गि्रड गर्लका भूमिका निर्वाह गरेका थिए। गि्रड गर्ल भनेको रेसिङ ट्र्याकमा थप रोमाञ्चकता प्रदान गर्न खटिने सुन्दरीहरु हुन्। उनीहरुले आफ्नो ग्ल्यामर हाउभाउद्वारा कार्यक्रमको ‘शोभा’ बढाउँछन् । फर्मुला वानमा भाग लिन आएका च्याम्पिन रेसरहरुलाई न्यानो आतिथ्य दिने काम पनि उनीहरुकै हो।

खासमा मोटरस्पोर्टस्कै एउटा पाटो हो, फर्मुला वान रेसिङ। कालो रंगको जम्पसुटमा ठाँटिउका गि्रड गर्लहरुले रेसिङ ट्र्याकमा बेग्लै रौनक थपेका थिए। इत्तेहाद एयरवेजका क्याबिन क्रुहरुले यो पहिरनलाई निरन्तरता दिनेछन् । गुरुङको यो डिजाइनलाई एयरवेजका क्रु मेम्बरले अन्य दिनमा पनि प्रयोग गर्नेछन्।

SUBSCRIBE 👉