गज्जबको पार्क, जहाँ पुरुष भन्दा धेरै महिला पुग्छन!

दक्षिण कोरियाको एक पार्क, जहाँ पुरुष भन्दा बढी महिला पुग्छन। जुन पार्कलाई अहिले देश विदेशका मानिस चासोका साथ हेरिरहेका छन्। लिंगको आकृतिमा ढालिएका स्मारकहरुले सो पार्क भरिएको छ।


दक्षिण कोरियाको एक पार्क, जहाँ पुरुष भन्दा बढी महिला पुग्छन। जुन पार्कलाई अहिले देश विदेशका मानिस चासोका साथ हेरिरहेका छन्। लिंगको आकृतिमा ढालिएका स्मारकहरुले सो पार्क भरिएको छ। सन २००७ देखि सञ्चालनमा आएको उक्त पार्क घुम्न अहिले देश विदेशबाट पर्यटकहरु पुग्ने गरेका छन्।

सो पार्कको नाम सिनाम हो, पेनिस पार्कको नामले परिचित छ। यो पार्क कुमारी अवस्थामा खुसी झल्काउन निर्माण गरीएको जनाईएको छ। पार्कमा लिंगको आकारका करिब तीनसय स्मारक छन्। दक्षिण कोरियामा एउटा लोककथा छ। “हुनेवाला बेहुलीलाई किनारमा छाडेर एउटा युवक माछा मार्न भनेर नदिमा जान्छ। त्यति नै बेला त्यहाँ हुरी चल्छ। हुरीले हुत्याएर युवतीलाई नदिमा खसाल्छ र उनको मृत्यु हुन्छ। कुमारी अवस्थामा रहेकी उनको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन।” यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भनिन्छ।

यही भाव झल्काउन पार्क निर्माण गरिएको हो। पार्कमा लिंगको आकारका तोप, लिंगजस्तो जिब्रो भएको मानव आकृति, गमलामा रोपिएका लिंग आकृतिका बोटबिरुवा आदि छन्। पार्क घुम्न आउने मध्ये ६० प्रतिशत युवति रहेका अन्तरास्ट्रिय समाचारहरुले जनाएका छन्।

SCROLL DOWN FOR THE VIDEO

WATCH VIDEO HERE:


Daily Mail | NatgeoTraveller

SUBSCRIBE 👉