कोकको बोतल बम झैँ पड्किएर रकेट झैँ उड्दा झन्डै ज्यान गयो! [भिडियो]


अस्ट्रेलियामा एक लाइभ टेलिभिजन सोमा कोकाकोलाको बोतल पड्किदा कार्यक्रम संचालकको बालबाल बचे। लाइभ टेलिकास्टका क्रममा एक साइन्स एक्सपर्टले कोकाकोलाको बोतल प्रयोग गरेर केही अनुसन्धान गरिरहेका थिए। तर, अनुसन्धानकै क्रममा बोतल पड्किँदा कार्यक्रम सञ्चालक सहित तीनजनाको ज्यान झन्डै खतरामा पर्‍यो। साइन्स एक्स्पर्ट ज्याकोब स्ट्रिकलिङले लिक्विड नाइट्रोजन भरेर नताशा बेलिङलाई बोतल उल्ट्याउन भनेका थिए। तर, त्यति नै वेला बोतल उछिटियो। विस्फोटका साथ बोतल रकेट झैँ उँड्यो। आउटडोर लाइभकास्ट भएकाले बोतल रूखको हाँगाम गएर ठोक्कियो र सानो हाँगा नै भाँचियो। विस्फोट भएर बोतल उछिट्टिँदा कार्यक्रम सञ्चालक नताशाको अनुहार केही इन्चले मात्रै जोगिएको थियो। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉