रसियाबाट अमेरिका पुगेकी यी मोडलले कसरि कमाईन लाखौ डलर


रसियाबाट अमेरिका गएकी मोडल स्वेतलना त्रेविस अहिले चर्चामा छिन्। कलगर्ल बनेर करोडौं कमाउने उनी हालै न्युयोर्कको अदालतमा पेश भइन्। त्यहाँ उनले न्युर्योकका पूर्व गर्भनर इलियत स्पित्जरमाथि गंभीर आरोप लगाइन्। यी मोडलले अदालतमा भनिन्– शारीरिक सम्बन्ध राख्ने क्रममा पूर्व गर्भनरले आफुलाई पिट्ने र सेक्स टोयजको प्रयोग गर्न लगाउथे। भनिहालौ, त्रेविसमाथि न्युर्योकका पूर्व गर्भनर इलियटलाई ब्ल्याकमेल गरेको अरोप छ र, उनी पछिल्लो एक बर्षयता न्युयोर्कको जेलमा बन्द थिइन्।

२१ बर्षिय रसियन मोडलले त्रेविसको नाममा मोडलिङ सुरु गरेकी थिइन्। त्यस क्रममा उनले स्वयं सेक्स ऱ्याकेटमा सामेल हुने बताएकी थिइन्। खासमा त्रेविस करिब दुई बर्षअघि न्युर्योक घुम्न पुगेकी थिइन्। त्यसबेला उनीसँग केवल तीन सय डलर मात्र थियो। उनलाई न्युयोर्कको जीवनशैलीले तान्यो। अन्तत: उनी आफ्नो खर्च पुरा गर्न कलगर्ल बनिन्।

त्यही क्रममा उनको भेट त्यहाँका पूर्व गभर्नरसँग भयो। उनीहरुको एक पार्टीमा भेट भएको थियो। त्रेवीसका लागि पैसा कमाउने राम्रो मौका थियो त्यो। यहि कारण उनले इलियट र आफ्नो सेक्स भिडियो बनाइन् र, त्रेवीसले इलियटलाई ब्ल्याकमेल गर्न थालिन्। इलियटले राजनीतिक कारणले गर्दा आफ्नो मुख खोल्न सकेनन्। यसकारण त्रेविसले दुई बर्षमा उनीबाट करिब चार लाख डलर असुलिन्। आखिरमा यो घटना चुहियो। अन्त्यमा उनलाई प्रहरीले पक्राउ गऱ्यो। त्रेविशका अनुसार दुई बर्षअघि उनी न्यूयोर्क आएकी थिइन्। त्यसपछि उनी कलगर्ल बनेर करिब पाँच लाख डलर कमाई गरिन्।

NYPOST | DAILY MAIL | NYTIMES

SUBSCRIBE 👉