लिंग परिवर्तन गरेर सन्ध्या बनिन् महिला


सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले आफ्नो पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छिन्। झन्डै एक दशक तेस्रोलिंगीको पहिचान बोकेर सार्वजनिक जीवन व्यतीत गरेकी सन्ध्याले गत साउन २४ गते थाइल्यान्डको राजधानी बैंकक स्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइन्मेन्ट सर्जरी गराएकी हुन्। त्यहाँका मुख्य चिकित्सिक डा. थेप सहितको चिकित्सक टोलीले पाँच घण्टा लामो शल्यक्रिया पछि उनको पुरुष लिंग हटाएर महिला यौनांग प्रत्यारोपण गरेकोथियो। लामो आराम पछि अहिले कार्यालयको जिम्मेवारी पुनः सम्हाल्न थालेकी सन्ध्याले लिंग परिवर्तनपछि आफूले बिल्कुलै नौलो अनुभूति गरेको बताइन्। ‘मेरोसपना थियो, शारीरिक रूपमा पनि महिला पहिचान बनाउने,’ सन्ध्याले भनिन् “अहिले त्यो पूरा भएकोछ। महिलाको जस्तो पाठेघर प्रत्यारोपण भने आफूले नगरेको उनले बताइन्।

सन् २०१२ मा उनले बैंककको प्रतुनाम पोलिक्लिनिक बाटै स्तनको शल्यक्रिया गरी स्तन विकास गराएकी थिइन्। सन्ध्याले आफ्नो स्वर महिलाको जस्तो बनाउन घाँटीको शल्यक्रिया गर्न बाँकि रहेको पनि बताइन्। नेपालमा लिंग परिवर्तन गरी पुरुषबाट नारीमा परिवर्तन भएका करिब दुई दर्जन मानिस छन्। सात वर्षयता तेस्रो लिंगी तथा समलिंगीको हकहितमा कार्यरत संस्था सहयात्री समाजको वीरगन्जस्थित कार्यालयमा कार्यक्रम प्रमुखको जिम्मेवारी सम्हाल्दैआएकी सन्ध्याले काठमाडौं स्थित नेपाल मानविकी क्याम्पसबाट १२ कक्षासम्म अध्ययन गरेकी छिन्। उनी पत्रकारिताकी छात्रा हुन्।

२००८ मा काठमाडौंमा विश्व बैंकलेआयोजना गरेको तेस्रोलिंगीहरूको‘मिस ब्युटी एन्ड ब्रेन’ प्रतियोगिताको उपाधि जितेकी सन्ध्याले त्यसपछि बैंककमा भएको तेस्रो लिंगीको ‘मिस इन्टरनेसनल क्विन’ मा भाग लिनेअवसर प्राप्त गरेकी थिइन्। उक्त प्रतियोगितामा उनी उत्कृष्ट १० सम्म पुगेकी थिइन्। नेपालमै लेजर प्रविधिबाट दार्ही/जुँगा हटाइसकेकी सन्ध्या गोरी मात्र छैनन्, उनी सँग आकर्षक उचाइ र बान्की परेको शरीर छ।

पुरुषका रूपमा जन्म लिएर पनि एक दशक अघि साहसिक रूपमा आफूलाई तेस्रोलिंगीका रूपमा सार्वजनिक गरेयता उनले महिला वेशभूषा र काया धारण गरेकी हुन्। झट्ट हेर्दा उनलाई कसैले पनि तेस्रोलिंगी भन्न सक्दैनथे। आकर्षक व्यक्तित्वकै कारण सन्ध्याले विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरूमा नृत्य गर्ने अवसर समेत प्राप्त गर्दै आएकी छिन्। गत वर्ष भारतको मुंगेरमा एउटा भोजपुरी म्युजिक भिडियोमा अभिनय गरेकी सन्ध्याले भोजपुरी चलचित्र ‘किस्मत’ को एउटा आइटम गीतमा समेत आकर्षक नृत्य गरेकी छिन्।

त्यसअघि उनले भोजपुरी चलचित्र ‘जब प्यार किया तो डरना क्या’ मा एचआईभी सम्बन्धी जनचेतना फैल्याउनेभूमिका निर्वाह गरेकी थिइन्।
साभार – कान्तिपुर साप्ताहिक / शंकर आचार्य

SUBSCRIBE 👉