गज्जवको रेस्टुरेन्ट, जहाँ खाना खान निर्वस्त्र हुनुपर्छ


रेष्टुरेन्टमा खाना खान जाने कुनै कार्यक्रम बन्यो भने तपाईको ध्याउन्न कस्तो किसिमको लुगा लगाउने होला भन्ने तर्फ जान्छ। अझ महिलाको हकमा हेर्ने यो भने त यसको च्वाईसहरुनै धेरै हुने गर्छ। यस्तो किसिमको द्विभिदा नहोस् भनेर फ्रान्समा नौलो किसिमको रेष्टुरेन्ट संचालनमा आएको छ। ओ नेचुरल नाम गरेको यो रेष्टुरेन्टमा तपाईहरु जस्तो सुकै दामी र महंगो लुगा लगाएर गएपनि त्यो रेष्टुरेन्टमा बसेर खानको लागी तपाई निवस्त्र नै हुनुपर्छ।

माइक र स्टेफनी साडाले संचालनमा ल्याएको यो रेष्टुरेन्टमा खाना खानको लागि पहिल्यै सिट बुकिङ गर्नुपर्छ। यसरी बुकिङ गरेर आएपछि पाँहुनालाई एउटा चेतावनी पत्र थमाईन्छ। जसमा लेखिएको हुन्छ ‘यो एउटा सभ्य रेष्टुरेन्ट भएको कारण अश्लिल क्रियाकलाप नगर्नुहोला।’ यो पत्र पढेपछि पाँहुनालाई एउटा कोठामा गयर निवस्त्र हुने समय दिईन्छ। उनीहरुले आफुले लगाएर आएको सबै लुगालाई फुकालेर एउटा दराजमा राख्नु पर्छ र शरीरमा कपडाको एउटा त्यान्द्रो पनि हुनुहुदैन।

निवस्त्र भएपछि रेष्टुरेन्ट भित्र लगाउने एउटा चप्पल दिईन्छ। सोही चप्पल लगाएर आफुले बुकिङ गरेको टेबुलमा गएर बस्नु पर्छ। अनि बल्ल अर्डर अनुसारको खाना सर्भ हुन्छ। यस्तो किसिमको रेष्टुरेन्ट पछिल्लो पटक बेलायत, जापान र अष्ट्रेलियामा पनि संचालनमा आएको छ।

SUBSCRIBE 👉