म्युजिक भिडियोमा केरा खाएपछि गायिका गिरफ्तार


Egyptian Singer Arrested For ‘Inciting Debauchery’ After Eating a Banana In Music Video

गायिकाले आफ्नो म्युजिक भिडियोमा उत्तेजक तरिकाले केरा खाएपछि उनलाई प्रहरीले गिरफ्तार गरेको छ। गिरफ्तारपछि गायिका शायमालाई जेलको सजाय पनि हुनसक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यो घटनाले हंगामा मच्चाएपछि भने २१ वर्षीया गायिकाले माफी मागेकी छिन्। ‘मेरो भिडियोबाट अफसेट हुने सबैसँग माफी माग्न चाहन्छु’ उनले भनेकी छिन्।

सुन्दा अचम्म लाग्ने यो घटना इजिप्टकी गायिका शायमा अहमदको हो। ‘थ्रीउन्डी जरोफ’ शीर्षकको भिडियो भिडियोमा शायमा क्लास टिचर बनेकी छिन्। भिडियोमा उनलाई विद्यार्थीको अगाडि कामुक शैलीमा केरा खाएको देखाइएको छ। यति मात्र नभएर उनका पुरुष छात्रहरुले पनि त्यही शैलीको नक्कल गरेको देखाइएको छ। भिडियोले समाजमा नकारात्मक असर पार्न सक्ने भन्दै शायमालाई गिरफ्तार गरिएको समाचारमा उल्लेख छ। भिडियोमा उनले लगाएको पहिरन लिएर पनि गलत भएको बताइएको छ। यतिमात्र नभएर उनको प्रस्तुतिमा पनि रोक लगाइएको छ।

Independent

SUBSCRIBE 👉