कमलको ‘पन्चेबाजा’मा बिकास र अनुको प्रेम !


गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ लिएर आउने भएका छन्। केहि दिन पछि सार्बजनिक हुने गीतको भिडियोमा अनु शाह, बिकास लामिछाने, यसराज र रबिनाको अभिनय हेर्न सकिन्छ। हाल क्यानडामा बस्दै आएका ज्ञवालीको यो गीत लोक शैलीमा आधारित छ। कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द, संगीत रहेको गीतको एरेन्ज आशिस अबिरलले गरेका हुन्।

समन अधिकारीले निर्देशन गरेको भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन्। सुप्रिम पराजुलीले सम्पादन गरिरहेको भिडियोमा रोचक थापाको नृत्य निर्देशन छ। गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन।

SUBSCRIBE 👉