राम्री देखिनकालागी एयर होस्टेसको यस्तो कठिन तालिम!


उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर मात्रै पुग्दैन्। हाम्रो हासाँलाई समेत देखाउन सक्नुपर्छ। तीन मिनेटसम्म हामीले बोतललाई त्यसरी टाउकोमा राख्नुपर्छ।’ उनले यो प्रशिक्षण केवल परिक्षाका लागि मात्रै नभएर आत्मविश्वास बढाउन समेत महत्वपूर्ण साबित हुने बताइन्। (तस्विरहरुमा हेर्नुहोस्)

चीनमा एयर होस्टेसहरुले कसरी चपस्टिक र अन्य सामाग्री प्रयोग गर्ने भन्ने विषयमा कडा प्रशिक्षण लिने गरेका छन्। उनीहरुले कसरी आफ्नो टाउकोमा बोतल अड्याउने भन्ने प्रशिक्षण पनि लिनुपर्छ। उनीहरुलाई पोस्टरजस्तै सिधा बसेर टाउकोमा किताब अड्याउने प्रशिक्षण समेत दिइन्छ। त्यस्तै स्वच्छन्द हाँसो देखाउन उनीहरुले मुखमा चपस्टिक राख्छन्। आफ्ना घुडाँको बीचमा उनीहरुले सिधा उभिदाँ एफोर साइजको पेपर समेत राखेको हुनुपर्छ।

सिचूआन दक्षिण–पश्चिम नागरिक प्राविधिक उड्डन कलेजका विद्यार्थीहरु नयाँ परिक्षाका लागि यस्तो काममा केन्द्रित छन्। तस्विरले पूरुष र महिला आफ्नो टाउकोमा इन्फ्लाईट म्यागेजिन राखेर खुट्टाको बीचमा एफोर साइजको पेपर च्याप्दै कठीन अवस्थामा उभिएको समेत देखाएको छ। महिलाहरु आफ्नो स्किल सुर्धानेसँगै मेकअपमा समेत विशेष ध्यान दिन्छन्। उनीहरुले रंगीविरंगी सेतो, निलो र खैरो पोशाक लगाएका छन्। त्यस्तै पूरुषहरुले सुट लगाएका छन्।

चीनमा एयर होस्टेजको पदलाई महत्वपूर्ण रुपमा लिइन्छ । प्रत्येक वर्ष हजारौँ युवा–युवतीले फ्लाईट एटेन्डेन्टस् बन्न आवेदन दिन्छन् ।

SUBSCRIBE 👉