अमेरिकामा पहिलोपटक गुञ्जिदै राजेश पायल


Rajesh Payal Rai

Rajesh Payal Rai

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सुगम संगीतमा भर्सटायल गायकको पहिचान बनाएका गायक राजेशपायल राईले करियरमै पहिलोपटक अमेरिकामा सांगीतिक कार्यक्रम गर्ने भएका छन्। उनले अमेरिकासँगै क्यानडामा पनि आफ्नो एकल प्रस्तुति देखाउनेछन्।

गायकका अनुसार उनी सांगीतिक यात्रामा उत्तर अमेरिका हुँदै मध्यपुर्वी देश मलेसियामा पनि कार्यक्रम गर्नेछन्। ‘यी दुई ठाउँ भन्दा अगाडि मेरो कार्यक्रम अष्ट्रेलियामा हुनेछ, त्यहाँबाट मेरो वल्र्ड टुर सुरु हुन्छ।’ उनले भने। अमेरिकाको कार्यक्रमका लागि उनी आगामी जुन १३ मा टेक्सास, ह्युस्टन पुग्नेछन्। राजेशले वल्र्ड टुरमा दुई महिना बिताउनेछन्।

स्थानीय कार्यक्रम आयोजक मित्र घलेका अनुसार राजेशले १५ तारिखमा ह्युस्टनमा पहिलो कार्यक्रम गर्नेछन्। ह्युस्टनपछि राईले २२ तारिखमा ओहाइयो राज्यमा कार्यक्रम प्रस्तुत गर्नेछन्। घलेले अमेरिकाभर नै गायक राईको कार्यक्रमको लागि माग भए पनि समयाभावको कारण सबै ठाउँमा कार्यक्रम प्रस्तुत गर्न समस्या भएको बताए।

कार्यक्रम आयोजकले अमेरिकाका ३१ स्थानमा एकल कार्यक्रम गर्ने योजना बनाए पनि आफुले त्यसअघि नै अन्य मुलुकमा कार्यक्रम गर्ने भएपछि समय अभावले अमेरिकाका तीन स्थानमा मात्र एकल कार्यक्रम गर्ने राजेशले बताए। ‘छिट्टै अन्य कार्यक्रमहरु सकेर पुनः पूरै अमेरिका भ्रमणको लागि जानेछु।’ राई इज किङले भने । ह्युस्टन र ओहाइयोबाहेक उनी न्यूर्योकमा पनि कार्यक्रम गर्दैछन्।

राई अमेरिकाबाट जुन २३ तारिखमा क्यानाडा गएर जुन २८ मा हुने कार्यक्रममा सहभागिता जनाउनेछन्। क्यानाडापछि उनी मलेशियाका चार शहरमा कार्यक्रम गर्नेछन्। हालसम्म १६ वटा सोलो एल्बम श्रोतामाझ ल्याईसकेका राईका अधिकांश गीत हिट नम्बरमा परेका छन्। राजेशले केही दिनपछि अष्ट्रेलियामा हुने सांगीतिक कार्यक्रममा आफुलाई प्रस्तुत गर्दैछन्। उक्त कार्यक्रममा गायिका अञ्जु पन्त र महानायक राजेश हमालको पनि विशेष प्रस्तुति रहनेछ।

SUBSCRIBE 👉