एकै स्टेजमा तीन बिजेता : मिस, मिस्टर र मिसेस राजधानी २०१७


एक्सपोज नेपालले एकै मञ्चमा एकसाथ तीन सौदर्य प्रतियोगीता सम्पन्न गरेको छ, ‘मिस राजधानी २०१७’ र ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेस राजधानी २०१७’। तीन प्रतियोगीताको भिन्न भिन्न बिजेता चुनिएका छन्। ‘मिस राजधानी २०१७’को उपाधि शर्मिला सापकोटाले जितेकी छन्। ९ प्रतियोगिलाई पछि पार्दै सापकोटाले उपाधि चुमेकी हुन्। राजधानी तर्फको उपाधि बिमोस बाबु श्रेष्ठ र मिसेस राजधानीको उपाधि पुष्पा निरौलाले हात पारे। तीनै प्रतियोगिताका बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै विभिन्न उपहार समेत प्राप्त गरे।

सुन्धारस्थित त्रिभुवन आर्मीअफिसर्स क्लबमा बुधबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिस राजधानी’ तर्फ एलिसा शाही ठकुरी फष्ट रनर अप र सरिता नेगी सेकेन्ड रनर अप घोषित हुँदा ‘मिस्टर राजधानी’ तर्फ भने प्रमोद केसी र भेषराज खत्री क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अफ चुनिए। बिबाहित महिला सहभागी ‘मिसेस राजधानी’ तर्फको फष्ट रनर अफ र सेकेन्ड रनर अपको उपाधि क्रमस अनिता थापा बिष्ट र रेसा श्रेष्ठले उचाले।

युवा युवती तथा विवाहित महिलाहरुको प्रतिभा निर्खादै उनीहरुलाई सुनौलो भविस्या निर्माण अग्रसर गराउने उदेश्य रहेका प्रतियोगीताको रहेको एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन्।

अन्तिम प्रतिस्पर्धामा दिक्पाल कार्की (अभिनेता तथा अन्तराष्ट्रिय मोडल), मनिस दाहाल (चियर पर्सन नेपाल टेलिभिजन), अक्षयजंग रायमाझी (मिष्टर नेपाल २०१७), महिमा सिल्वाल (अभिनेत्री), दिपाशिखा खड्का (अभिनेत्री) लगायत निर्णायक रहेका थिए। चाँदनी लामिछानेको कोरियोग्राफी रहेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन कुमार केसी मुख्य अतिथी का रुपमा सहभागी थिए। सांगीतिक तामझामका साथ सम्पन्न प्रतियोगितामा अभिनेता कृष्ण मल्ल, गजित बिष्ट लगायत बिभिन्न क्षेत्रका बरिष्ठ ब्यक्तिहरुको उपस्थित रहेको थियो।

SUBSCRIBE 👉