सेल्फी फोटोका कारण यी सुन्दरीले देशै छोड्नुपर्‍यो


मिस इजरायल सँग सेल्फी खिच्नु मिस इराक युनिभर्स सारा इदानका लागि महँगो सावित भयो। साराले मिस इजरायल अदार गेन्डल्समनसँग लिएको सेल्फी फोटो भाइरल भयो। उनीहरुको फोटो पश्चिमी देशहरूमा सामाजिक सञ्जालमा निकै सेयर भए। सामाजिक सञ्जालमा जताततै छाएपछि सारा र उनको परिवारलाई ज्यान मार्ने धम्की समेत आयो। त्यसपछि साराको परिवारले देश नै छोड्नुपर्‍यो। मिस इराक सारा र उनको परिवार अहिले अमेरिकामा बस्दै आएका छन्।

साराले १४ नोभेम्बरमा मिस इजरायल अदारसँग मिस युनिभर्स प्रतियोगितामा सेल्फी लिएकी थिइन्। फोटो सेयर गर्दै उनले लेखेकी थिइन्, ‘मिस इराक र मिस इजरायलको शान्ति र प्रेम।’ यो तस्बिर अदारले पनि सेयर गरेकी थिइन्। फोटो डिलेट गर्न र नमाने ताज खोस्ने र ज्यान मार्नेसम्मको धम्की दिएको साराले बताइन्।

मिस इजरायल अदारका अनुसार दुई देशका जनताका लागि सकारात्मक सन्देश दिन तस्बिर सेयर गरिएको थियो। किनभने इराक र इजरायलबीच तिक्ततापूर्ण सम्बन्ध छ। दुई देशबीच औपचारिक राजनीतिक सम्बन्ध पनि छैन। इराकले इजरायललाई देशको मान्यतासमेत दिन चाहँदैन।

SUBSCRIBE 👉