एयरपोर्टमा ‘स्मोकिङ जोन’ जस्तै अव ‘किसिङ जोन’को विस्तार


प्रेमी वा प्रेमिकाले एक्लै हवाई यात्रा गर्ने क्रममा एयरपोर्टमा छुट्टिनुपर्दाको क्षण निकै पीडादायी हुन्छ। यसरी छुट्टिनुपर्दा हाम्रो देशमा अंगालो मार्ने चलन भएजस्तै पश्चिमी मुलुकमा चुम्बन गर्ने चलन छ । यसरी प्रेमी–प्रेमिका एयरपोर्टबाट छुट्टिनुपर्दा गरिने चुम्बनले अन्य यात्रुहरूलाई हिँडडुल गर्न अप्ठ्यारो भएपछि डेनमार्कको एल्बोर्ग एयरपोर्टले एयरपोर्टमा स्मोकिङ जोन (धूमपान क्षेत्र) बनाएजस्तै सन् २०११ देखि किसिङ जोन (चुम्बन गर्ने क्षेत्र) छुट्याएको थियो।

उक्त क्षेत्रलाई उनीहरूले ‘किस एन्ड फ्लाई’ नामकरण गरेका थिए, जहाँ विमानबाट यात्रा गर्ने क्रममा छुट्टिने प्रेमी–प्रेमिका एक–अर्कालाई चुम्बन गर्थे । यसरी चुम्बन गर्दा प्रेमी–प्रेमिकाहरूले लामो समय लिन थालेपछि उक्त एयरपोर्टले चुम्बन गर्ने समय तीन मिनेट तोक्यो।

उक्त कामको प्रशंसा गर्दै अहिले अन्य एयरपोर्टहरूले पनि किसिङ जोन निर्माण गर्न थालेका छन्। अहिलेसम्म हङकङ, सिंगापुर, लसएन्जलस, वाली, सनफ्रान्सिस्को एयरपोर्टमा यस्ता किसिङ जोन निर्माण भैसकेका छन्। उनीहरूले उक्त क्षेत्रलाई आ–आफ्नो अनुकूल नाम दिएका छन्। उनीहरूले त्यसलाई किस एन्ड गुडवाई, किस एन्ड फ्लाईजस्ता नाम दिएका छन्।

SUBSCRIBE 👉