रुस्मिता शाही र सुशान्त श्रेष्ठलाई ‘नेपाल फेशन आइडल २०१७’को उपाधी


रशलाईट मिडियाले आयोजना गरेको ‘नेपाल फेशन आइडल २०१७’को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन्। उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक/एक लाख नगद पुरस्कार पनि जितेका छन्। शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन। शुसान्तले बेस्ट फिजिक्सको उपाधी जितेका छन्।

शनिबार सम्पन्न उक्त प्रतियोगितामा महिला तर्फ टिछिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा बेस्ट प्रर्फमेन्स र पुरुष तर्फ अंकित मानन्धरले फस्ट रनर्सअपका साथमा मोष्ट कन्फिडेन्टको उपाधी जितेका छन्। महिला तर्फ सुप्रिना शाक्यल सेकेण्ड रनर्सअपका साथमा म्यानेजमेन्ट च्वाइसको उपाधी जितेकी छन्। त्यसैगरी पुरुष तर्फ समिप्य श्रेष्ठले सेकेण्ड रनरअफका साथमा बेस्ट स्टाइलिसको उपाधी जितेका छन्।

प्रतियोगितामा मोस्ट ट्यालेन्टको उपाधी रोसेनेन शर्मा, इनि मर्हजन, बेष्ट पर्सनालीटी पारस दाहाल र सन्ध्या दिवाली, बेष्ट वाक पारस दाहाल, म्यानेजमेन्ट च्वाइस निरनराज गिरी र फुर्लमु शेर्पा, फोटोजेनिक सुनिल मर्हजन र इस्वाङ लामा र बेष्ट प्रर्फमेन्सको उपाधी पवन मर्हजनले जितेका छन्।

कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफी रहेको थियो भने इभेन्ट म्यानेजर सनिल महर्जन रहेका थिए। सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए। कार्यक्रमको सञ्चालन स्वयत्ना योञ्जनले गरेकी थिइन।