एसएलसी प्रिन्सेसहरुको प्रतिभा


slc-princess-2014-talent-show (1)ग्ल्यामर नेपाल, काठमाडौं । ‘चौथो टिभिएस जुपीटर एसएलसी प्रिन्सेज २०१४’का प्रतियोगीहरुले शनिबार राजधानीमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। सिजन मिडियाले आगामी असार २ गते काठमाडौंको प्रज्ञा भवनमा आयोजना गर्न लागेको फाइनल प्रतियोगिता अन्तर्गतको ‘ट्यालेन्ट शो’ मा उनीहरुले प्रतिभा देखाएका हुन्।

CLICK HERE TO VIEW PHOTO GALLERY

राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा इप्सा शर्मा, प्रतिज्ञा शर्मा, बेनजिल राई, सृष्टि प्रजापति, युमिशा निरौला, सदीक्षा घिमिरे, निलुपा थापा, आस्पु थापा, दीव्य नेपाल, अनुष्का थापा, सरिष्मा अधिकारी, स्मृति केसी, निकिता बिष्ट, आश्मि अर्याल, स्मारिका चापागाई, मोनिका देवकोटा, पुजा उप्रेती, आर्जु गुरुङ, कामना भट्टराई, कृष्टीना त्रिपाठी, शुलेक्षा महर्जन, अनुशा कृपा कायस्थ, सोनु सुवेदी, किरण खत्री, अस्मिता गौतम, कृपा गुरुङ, श्लेशा लामिछाने, अञ्जली गुरुङ, अनसिन दाहाल, मन्सु थापा, रोजा केसी, अनुष्का श्रेष्ठ, रक्षा पाण्डे, उपाशना केसी, सुनिक्षा मानन्धर, अरिना महर्जन, मान्यता श्रेष्ठ, जिन्टिना श्रेष्ठ, आरती चौरधीले नृत्य गरेका थिए।

CLICK HERE TO VIEW PHOTO GALLERY

त्यस्तै अनिषा भण्डारी, युदिपा केसी, लक्ष्मी राई, ज्योती केसीले वक्तृत्वकला प्रस्तुत गरेको कार्यक्रममा रमिला श्रेष्ठ, अलिशा श्रेष्ठ, वृक्षा ढुंगाना, रिया श्रेष्ठ र सिवानी भण्डारीले गायन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई रोचक बनाउन एन्जल वन्तले मार्सल आर्टको काता प्रस्तुत गरेकी थिईन। गायिका शिखा भारती, नृत्य निर्देशक उर्मिला श्रेष्ठ र राजेन्द्रकुमार राई, शुभताराका शिक्षक जसुव राई, साउथवेस्टर्न स्टेट कलेजका सहायक प्रिन्सिपल हरिसिंह केसी, क्याम्पियन एकेडेमीका प्रिन्सिपल नविन श्रेष्ठ र पत्रकार डब्बु क्षत्री प्रतियोगिताको निर्णायक रहेका थिए।

SUBSCRIBE 👉