सुनिताको सांगीतिक हौसला


sunita limbu thebe
ग्ल्यामर नेपाल, काठमाडौं । धराने गायिका सुनिता लिम्बु(थेबे)ले श्रोतामाझ डेब्यु एल्बम ‘हौसला’ लिएर आएकी छन्। वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङकी सांगीतिक चेली रहेकी लिम्बुको एल्बम ललितपुरको मानभवनस्थित बीएफबीएस रेडियोमा वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार गुरुङ र संगीतकार सुरेश अधिकारीले सार्वजनिक गरे।

कार्यक्रममा वरिष्ठ गीतकार तथा गायक प्रधानले नेपाली सांगीतिक क्षेत्रमा महिलाको स्वरको आगमन सुखद रहेको बताए। गायिका लिम्बुले आफुले दुई वर्षको मेहेनतमा एल्बम स्रोतामाझ ल्याएको बताईन्। एल्बममा ‘हावाले पनि’, ‘अञ्जानैमा’, ‘जीवन एउटै’, ‘दियो बाली’, ‘हृदयको पाना’, ‘जिन्दगी कहिले’, ‘अधर’ र ‘भेट भयो’ बोलका गीत रहेका छन्।

टिका चाम्लिङ, रमेश पौडेल, काजीमान लिम्बु, मुकेश राई, शशि थापा(सुब्बा) र निलम आङबुहाङ राईको शब्द रहेको एल्बममा सुरेश अधिकारी, प्रकाश गुरुङ, शान्तिराम राई, अर्जुन पोखरेल, आलोक श्री, हेम तामाङ र शिलाबहादुर मोक्तानको संगीत रहेको छ।

SUBSCRIBE 👉