अध्ययन खर्च जुटाउन ‘कुमारीत्व’ लिलाममा


पश्चिमी मुलुकमा कुमारीत्व लिलामीमा राख्दै अध्ययन खर्च जुटाउन चाहने युवतीहरूको संख्या बढ्न थालेको छ। क्याम्ब्रिज युनिभर्सिटीमा अध्ययन गरिरहेकी १८ वर्षीया मोडल निकोलीले पढाई खर्च जुटाउन भन्दै आफ्नो कुमारीत्व सर्वाधिक मूल्य तिर्नेलाई भंग गर्न दिने बताएकी छिन्। इन्टरनेटमा कुमारीत्व लिलामीमा राखेर खर्च जुटाइएको देखेरै आफ्नो कुमारीत्व जोगाएको कुरा निकोलीले बताएकी छिन्।

यी सुन्दरीले युरोपको इलाइट मोडल भीआईपी साइटमार्फत् आफ्नो कुमारीत्व लिलामीमा राखेकी छिन्। निकोलीका अनुसार उनको कुमारीत्वका लागि १२ करोड ४६ लाख रुपैयाँसम्म तिर्ने प्रस्ताव प्राप्त भैसकेको छ। इलाइट मोडलका अनुसार अहिले कुमारीत्व लिलामीमा राख्न थप पाँच जना मोडलले चिकित्सकबाट कुमारीत्व परीक्षण गराइसकेका छन्।

केही साताअघि एक अमेरिकी युवतीले अध्ययन खर्च जुटाउन जर्मनीको एक वेबसाइटमार्फत आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन्। उनको उक्त प्रस्तावमा लिलाम बढाबढ हुँदा अबुधावीका एक व्यापारीले ३० करोड ८० लाख रुपैयाँको बोली लगाएका थिए। यो होडमा हलिउडका एक अभिनेता पनि थिए, तर १९ वर्षीया गिसेलीले व्यापारीको प्रस्ताव स्वीकार गरिन्।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.