रसियाको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा कान्तिपुर फिल्म अकडेमीको नाटक


रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया पुगेका थिए।

रसियाको सबै स्टेट र देशहरु गरेर ४६ नाटक मन्चन भएको फेस्टिवलमा नेपालले १२ फेब्रुअरी नोभोसिबिर्स्क स्थित रेड हाउस थिएटरमा रोनिश राउत निर्देशित २३ मिनेट लामो नाटक ‘पिस’ मन्चन गरेको थियो। नेपालको द्वन्द्व कालको बिषय माथी निर्माण गरिएको नाटकमा सन्जोग रसाइली माओवादि र मोहन जैशीले आर्मीको भुमिका निर्वाह गरेका थिए। नाट्क पछि नेपालको सिनेमा, आर्ट र थिएटरको बिषयमा अन्तर्कृया राखिएको थियो।

नाटक प्रदर्शनी र अन्तर्क्रीया सङै नेपाली टिमले थिएटर ईन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस, टेलिभिजन र आर्ट हाउस हरुको औपचारिक भ्रमण गरे। फेस्टीवलको आयोजक नोभोसिबिर्स्क स्टेट थिएटर ईन्स्टिच्युट र ´अन द लेफ्ट बेन्क` थिएटर ईन्स्टिच्युटका प्रतिनिधीहरु गत जेष्ठमा नेपाल आएर कान्तिपुर फिल्म अकडेमीसङ नेपाल र रसिया बिच स्कलर एक्सचेञ्ज र कल्चरल एक्सचेञ्जको लागि सहकार्य गर्ने सम्झौता गरेका थिए।

यो भ्रमण र सहभागिताले दुई देशको थिएटर, एजुकेसन, कल्चर र रिलेसन बिस्तारमा महत्त्वपूर्ण भुमिका खेलेको सिईओ प्रकाश पुरिले बताए। हरेक बर्ष बिधार्थी पढ्नको लागि पठाउने, थिएटर फेस्टिवल र प्रतियोगितामा सहभागी हुने र नेपाली फिल्मको छायांकनको लागि वातावरण बनाइदिने जस्ता महत्वपुर्ण बिषयमा सम्झौता भएको जानकारी गराए।

SUBSCRIBE 👉