गायीका मेलिना राईको गीतमा नायिका प्रियंका कार्कीको छमछमी


गायीका मेलिना राईको गीतमा नायिका प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ। ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्कीलाई ५ दर्जन भन्दा बढी कोरसको बीचमा हेर्न सकिन्छ। गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ। महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो राम्रो बनेको छ। भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन्। गोकर्ण रिसोर्टका सुन्दर दृष्यहरु पृष्टभूमिका खिचिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉