२३ औँ मिस नेपालको खोजी कार्य प्रारम्भ


सन २०१८ का लागि मिस नेपालको खोजी कार्य प्रारम्भ भएको छ । मिस नेपालको २३ औँ संस्करणका लागि ‘द हिडेन ट्रेजर’ले मिस नेपालको खोजी प्रक्रिया विधिवत रुपमा प्रारम्भ गरेको हो। मिस नेपाल खोजीका लागि अहिले आयोजक टिम विभिन्न कार्यक्रमका साथ देशका विभिन्न सहरमा निस्किएको छ

वीरगन्ज, विर्तामोड, धरान, पोखरा, चितवन, नेपालगंज, बुटवल र धनगढीमा अडिसन चरणको पैतियोगीता सम्पन्न भएको छ। फेब्रुअरी १७ मा काठमाडौंमा समेत अडिसन चरणको प्रतियोगीता सम्पन्न भैसकेको छ। विभिन्न अडिसन चरणमा गोपाल सुन्दर लाल कक्षपति, सुवर्ण क्षेत्री, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र सुविन लिम्बु तथा कोरियोग्राफर रचना गुरुङ शर्मा निर्णायकका रुपमा रहेका थिए। अडिसन राउन्डमा सहभागी युवतीहरुको आत्मविश्वास, व्यक्तित्व, सुन्दरता, बौद्धिक क्षमता लगायतका कुराहरुको मुल्यांकन गरिएको थियो।

मिस नेपाल आयोजक संस्थाका अनुसार अडिसनबाट चयन भएका फाइनलिष्टहरु ७ साता लामो प्रशिक्षणमा सहभागि हुने बताइएको छ। जसमा मुख्य प्रशिक्षकका रुपमा कोरियोग्राफर रचना गुरुङ शर्मा रहनेछन् भने राजभाई सुवाल अफिसियल फोटोग्राफरका रुपमा हुनेछन्। यस पटक आउँदो अप्रिल ११ तारिख अर्थात् चैत्र २८ गते बूधबार मिस नेपाल २०१८ को ग्राण्ड फिनालेबाट मिस नेपाल वल्र्ड, मिस नेपाल युनिभर्स मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका रुपमा विजेताहरु चयन हुनेछन्। उनीहरुले क्रमश: २०१८ को मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ तथा मिस इन्टरनेसनल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता जनाउनेछन्।

SUBSCRIBE 👉