सुर्खेती युवाको सांगीतिक आरम्भ


arambha-albumग्ल्यामर नेपाल, काठमाडौं । सुर्खेती युवा छत्र बडुवालको गीति संग्रह ‘आरम्भ’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रितालको प्रमुख आतिथ्यतामा पूर्व महालेखा परीक्षक विष्णुबहादुर केसी, गायक एवं संगीतकार टीका भण्डारी, संगीतकार सन्तोष श्रेष्ठ, सुरेश अधिकारी, महेश खड्कालगायतले एल्बमको लोकार्पण गरेका हुन्।

गीतकार घनश्याम खड्काको सभापतित्वमा भएको कार्यक्रममा एल्बमका मोडल सन्तोष शर्माले स्वागत गरेका थिए। गायक शिव संगीतले आफ्नो कर्मथलो सुर्खेत रहेर पनि सांगीतिक उचाइलाई केन्द्रमा ल्याएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रममा गायक एवं संगीतकार टीका भण्डारी, सुरेश अधिकारी, विष्णुबहादुर केसी, प्रमुख अतिथि त्रिताललगायतले एल्बमको बारेमा मन्तव्य राखेका थिए । एल्बममा ‘मझेरीको दियो’, ‘हे ब्यूटीफूल’, ‘हातमा बाला सोल्टिना’, ‘सानु मेरी’, ‘सधैंभरि’ र ‘न त उनी’ जस्ता गीतहरु समाविष्ट छन्। घनश्याम खड्का, नाराण देव, तर्क थापाको शब्द रहेको यस एल्बममा सुरेश अधिकारी, वसन्त सापकोटा, महेश खड्का, बीबी अनुरागीको संगीत रहेको छ। जसमा स्वरुपराज आचार्य, राजेशपायल राई, शिव संगीत, अर्जुन सुनाम, टीका पुन र सुम्निमा सिंहको स्वर रहेको छ।

SUBSCRIBE 👉