अन्जु पन्तको गीतमा रजनी थापा । अमेरिकामा खिचियो म्युजिक भिडियो


मिसेज नेपाल २०१३ तथा मिसेज हेरिटेज २०१५ शिर्ष उपाधि बिजेता रजनी थापा अहिले अमेरिकामा छिन्। उनले यी लगायत थुप्रै रास्ट्रिय तथा अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा विभिन्न उपाधिहरु हासिल गरेकी छिन्। एतिबेला उनै रजनी थापा अभिनित म्युजिक भिडियो रिलिज भएको छ। अन्जु पन्तको स्वर रहेको ‘शायद म आकास भैदिएको भए तिमीलाई बादल बनाई दिन्थेँ’ बोलको गीतको भिडियो सार्बजनिक भएको हो।

सिएल शर्माको संगीत र सरिता पन्तको शब्द सुन्न सकिने गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी कृष्ण राईले गरेका हुन्। भिडियोको सम्पादन समेत कृष्ण आफैले गरेका छन्। प्रबिण गुरुङ्गले खिचेको यो भिडियोमा अमेरिकाको डाँडा पाखा तथा मनोरम दृश्यहरु पृष्टभुमिमा हेर्नसकिन्छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉