सन्नी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा!


बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छिन्। सन्नी र उनका पति डेनियलले जुम्ल्याहा बच्चा सहित परिवारको तस्विर इन्स्टाग्राममा पोस्ट गरेपछि यो खबर बाहिरिएको हो। जुम्ल्याहा बच्चाको नाम अशर सिंह र नोहा सिंह वेबर हो। अघिल्लो वर्ष सन्नी र उनका पतिले निशा कौरलाई आफ्नो धर्मसन्तानको रुपमा राखेका थिए। जुम्ल्याहा बच्चा सन्नी आफैले जन्माएकी हुन् भन्ने विषयमा मिडियाले प्रश्न गरेको केही समयपछि सन्नीले बच्चा आफ्नै सन्तान रहेको बताएकी छिन्। उनले जुम्ल्याहा बच्चाबारे कोही भ्रममा नपर्न आग्रह गर्दै पुरा परिवार निर्माणका लागि केही वर्षअघिबाटै सरोगेसीको विकल्प लिएको बताइन्।

SUBSCRIBE 👉