सुन्दर नर्सहरुको ट्यालेन्ट शो


नर्सिङ्ग पेशा संग आवद्ध सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस’का २४ प्रतियोगीले आफ्नो प्रतिभा देखाएका छन्। राजधानीमा आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कला लगायत आ–आफ्नो ट्यालेन्ट देखाएका हुन्।

अभिनेता गायक कोसिस क्षेत्री, मोडल हन्ट बिजेता बिक्रम आदित्य महासेठ, डान्स कोरियोग्राफर रीना गिरी, डां अनिमेस जोसी, नेक्स्ट मोडल्सका रबि धमला, मिस वल्र्ड नेपाल २०१६ अस्मी श्रेष्ठ ट्यालेन्ट शोका निर्णायक थिए।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको प्रतियोगीता नसिङ पेसासँग सम्बन्धित एकमात्र सौदर्य प्रतियोगीता हो। नर्सिङ्ग पेसा गरिरहेका, अध्यायन गरिरहेका युवतीहरुको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तरदाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक नेक्स्ट मोडल्सले बताएको छ।

प्रतियोगीले अन्तिम स्पर्धाका लागि संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप, डेङ सेन्स, पब्लिकस्पिकिङ, करियर काउन्सिल लगायत बिषयमा प्रशिक्षण समेत भइरहेको छ।

प्रतियोगीताको फाइनल आगामी १० गते हायात रिजेन्सी होटलमा आयोजना हुनेछ। कार्यक्रममा प्रतियोगीले शिर्ष उपाधिका साथमा बिभिन्न अवसर र गिप्ट उपहारका रुपमा जित्न सक्नेछन्।

SUBSCRIBE 👉