र्‍याड स्टुडियोको म्युजिक भिडियोमा देखियो अलिशाको जवानी!


अष्ट्रेलियामा रहेका नेपाली संगीतकर्मीहरूको समुह ‘र्‍याड स्टुडियो’ एउटा रमाइलो गीतको म्युजिक भिडियो लिएर श्रोता तथा दर्शकमाझ फेरि आएको छ। ‘भन सानु’ शीर्षकको यो भिडियोको छायाङ्कन नेपालमै गरिएको हो। प्रविण श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा अलिशा राई र निराजन प्रधानको अभिनय हेर्न सकिन्छ। ‘ठमेल बजार’ गीतबाट चर्चीत भएकी अलीशा राई फेरि एकपटक ठमेल बजारकै गीतकार एकतारेको शब्द रहेको गीतको भिडियोमा अभिनय गरेकी छिन्। गीतमा ‘र्‍याड स्टुडियो’ को नै संगीत सुन्न सकिन्छ।

सन् २०१४ मा सिड्नीमा बसोबास गरिरहेका नेपाली युवा संगीतकर्मीहरुले स्थापना गरेको र्‍याड स्टुडियोमा राजेश घिमिरे (भोकल तथा बास गिटार), अनुज श्रेष्ठ (ड्रम तथा पार्कुसन), धर्मेन्द्र माली (गिटार) तथा सरोज परियार (किबोर्ड तथा भोकल) आवद्ध छन्। र्‍याडस्टुडियो एउटा प्रोडक्सन हाउस हो। त्यही हाउसलाई प्रतिनिधित्व गर्दै युवाहरुले सो नामबाट ब्याण्ड स्थापना गरेका हुन्। ब्याण्डले यसअघि पहिलो गीत ‘तिमी भित्र…’ र ‘आयो रे आयो’ सार्वजनिक गरेर श्रोताको मन जितिसकेको छ।

व्याण्डका संगीतकर्मीहरुले आफू विदेशमा रहे पनि नेपाली मौलिक सँस्कृतिलाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरिरहेको छ। ब्याण्डका गायक राजेश घिमिरे भन्छन्,‘हामीले हाम्रो ब्याण्डको शीर्षक हामी चार जना संगीतकर्मीहरुको नामको पहिलो अक्षरबाट गरेका छौं, यो पनि एक प्रकारको प्रयोग नै हो।’

SUBSCRIBE 👉