गायक नारायण सँग नायिका बेनिशाको प्रेम


गायक नारायण धितालको स्वरमा रहेको गीत ‘तर्की तर्की’ को भिडियो रिलिज गरिएको छ। ‘जय मायाप्रेम’ एल्बममा समावेश यो गीतको भिडियोमा नारायण सँगै बेनिशा हमाल, अर्जुन रत्न भिकारीको अभिनय हेर्न सकिन्छ। हिमाली भेगको मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा नारायण र बेनिशाको मायाको कथालाई प्रस्तुत गरिएको छ। गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन्। महाराज थापाले एरेन्ज गरेको गीतमा सुदिप बरालको छायाँकन, निशान घिमिरेको सम्पादन र युबराज वाइवाको निर्देशन छ।

SUBSCRIBE 👉