छानिए प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१८


प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१८ नामक बाल बालिका तथा टिनएजर सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकारिक नेपाली सहभागिहरुका लागि छनौट प्रक्रिया सम्पन्न भएको छ । ग्रुप अफ इन्टरटेनर्स, जि.ई.इको ब्यानरमा रोजिन शाक्यको कोरियोग्राफीमा राजधानी शहरमा संचालन भएको प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१८ अन्तर्गत विभिन्न उमेर समूहमा विजेताहरु चयन गरिएका हुन् । जस अन्तर्गत आरनभि श्रेष्ठ र युवराज गोयल मिनी समूहमा विजेता चयन भएका छन् । आरनभिले आफ्नो समूह अन्तर्गतको ट्यालेन्ट अवार्ड पनि जितेकी छिन् ।

यसैगरी प्रिन्तान्शा थापा लिटिल समूहका विजेता बनिन् । लिटिल समूहमा समृद्धि परियारले ट्यालेन्ट अवार्ड जित्न सफल भइन् । उनी हेल्थ एण्ड हाइजिनको अवार्ड पनि जित्न सफल भइन् । प्रि टिन समूहमा हर्षित अग्रवाल र अनुजा पन्तले विजेताको ट्रफी उचाल्न सफल भए । अनुजा आफ्नो समूहमा ट्यालेन्ट विधाको विजेता पनि बनिन् ।

टिन समूहमा भने रोमश श्रेष्ठ र अश्मिता ढुंगाना विजेता बन्न सफल भए । अश्मिताले आफ्नो समूहको ट्यालेन्ट अवार्डका साथमा प्रतियोगिता अन्तर्गतको वेष्ट इन्टरभ्यु, र मोस्ट कन्फिडेन्ट अवार्ड पनि हात पार्न सफल भइन् । रोमशले मोस्ट फोटोजेनिक विधाको अवार्ड पनि जित्न सफल भए । अन्य विधातर्फ सिर्जु के.सी. वेष्ट पर्सनालिटी, एलिशा शाही ठकुरी वेष्ट स्माइल, दिक्षा गुरुङ मोस्ट कन्जिनियल तथा दिपेन्द« बेष्ट मल्टिमिडिया अवार्ड जित्न सफल भएका थिए ।

प्रतियोगितामा प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनलका प्रबन्धक थाइल्याण्डका ग्वाङ अनुरत कोसाकुल, मिस थाइल्याण्ड टिन इन्टरनेसनल २०१८ की विजेता माईथाई सुरियायुनयोङ, संचारकर्मी एवं कोरियोग्राफर प्रिया रानी लामा, गायक निर्णय श्रेष्ठ, म्यानहन्ट इन्टरनेसनल नेपाल २०१३ का फस्ट रनर अप तथा अभिनेता सुदित श्रेष्ठ, म्यानहन्ट इन्टरनेसनल नेपाल २०१३ का फोटोजेनिक एवं अभिनेता सन्नी सिंह र शिक्षाकर्मी कृपा लोहनी निर्णायकका रुपमा रहेका थिए ।

प्रतियोगिताका विजेताहरुले आगामी जुलाई २५ देखि ३१ तारिख सम्म थाईल्याण्डको फुकेट शहरमा संचालन हुने १८ औं प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१८ नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

गत वर्ष सो प्रतियोगितामा मिष्टर टिन प्रिन्सको विधामा सहभागिता जनाएका अंकित फस्ट रनर अप रुपमा विजयी भए संगै उनी प्रतियोगिताका लागि मिष्टर एशिया प्यासेफिक टिनको अवार्ड विजेता बनेका थिए । अंकितले प्रतियोगितामा वेष्ट इन्टरभ्युको अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए । मिस टिन प्रिन्सेस् इन्टरनेसनल विधाका लागि सहभागि योजना घले भने पर्सनालिटी अवार्डमा विजेता बनेकी थिइन् । उनले वेष्ट इन्ट्रोडक्सनको अवार्ड पनि हात पारेकी थिइन् ।

लिटिल मिस प्रिन्सेस् इन्टरनेसनल विधामा सहभागिता जनाएकी अन्जशा रिजाल भने लिटिल मिस चार्मिङ र लिटिल मिस कन्जिनियालिटी अवार्डतर्फ विजेता बन्न सफल भइन् ।

SUBSCRIBE 👉