‘चि मुसी चि’को अडियो जुकबक्स । सुन्नुहोस् फिल्मका सबै गीतहरु


श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को अडियो जुकबक्स रिलीज भएको छ। यो चलचित्रमा पाँचवटा गीत रहेका छन्। पाँचवटै गीत यूट्युब मार्फत रिलीज गरिएको हो। ‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’, ‘तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत चलचित्रमा समावेश गरिएको छ।

‘चि मुसी चि’ गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ। ‘सानो सानो कुरा’ गीतमा सुरज अधिकारीको शब्द-संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ। ‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द-संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ। ‘आउ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन्। ‘हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द-संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ। यि मध्ये ‘चि मुसी चि’ र ‘तिमीले माग्छौ भने’ बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भईसकेका छन्।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन्।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ। बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।

SUBSCRIBE 👉