मोनिका पहिलो ‘नेपाल नर्थ अमेरिका’


काठमाडौं । अमेरिकाको न्यूर्योकमा भएको पहिलो ‘नेपाल नर्थ अमेरिका २०१८’ को उपाधि मोनिका घलेले जितेकी छन् । उनले १६ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् ।

प्रतियोगितामा सुजाता लामा ‘फष्ट रनरअप’ तथा श्रीजना राई ‘सेकेण्ड रनर अप’ भए । अगस्ट ६ तारिख देखि तालिम भएर अगस्त ११ मा विजेता घोषणा गरिएको हो । अन्तिम प्रतियोगिता न्यूयोर्कस्थित मेलरोज बलरुममा भएको थियो । अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु, मेक्सिको र क्यानडाबाट समेत थिए । पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।

प्रतियोगीलाई सन् २०१० की ‘मिस नेपाल’ सदिक्षा श्रेष्ठले कोरियोग्राफ गर्दा ‘मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८’ तथा ‘मिस वुमेन न्यूयोर्क २०१७’ की मिस फतेना क्वासेमले तालिम दिएकी थिइन् । कार्यक्रममा बर्तिका एम राई, हेमन्त राना, बिक्की गुरुङ, धर्मवीर लामा तथा झंकार डान्स केन्द्रले सांगीतिक प्रस्तुति दिएको थियो । प्रतियोगिताको निर्णायकमा राजेन्द्र श्रेष्ठ, ईभन फÞोर्ब्स, स्लेतभाना क्रामर, जोली अमात्य र फÞातिमा रूमा थिए ।

उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा भएको कार्यक्रममा पुजा थापा ‘मिस ट्यालेन्ट’, अनुषा अधिकारी ‘मिस कम्युनिटी आउटरिच’, स्वेता खड्का ‘मिस पपुलर’, करुणा अधिकारी ‘मिस फोटोजेनिक’, आकृति शाह ‘मिस स्किन’, सिर्जना राई ‘मिस स्माईल’, संयुक्ता पुरी ‘मिस वेस्ट ड्रेस’, सनम थापा ‘मिस पर्सनालिटी’, श्रद्धा केसी ‘मिस डिसिप्लेन’, मोनिका घले ‘मिस क्याटवाक’, सुजाता लामा ‘मिस फ्रेन्डसिप’, ज्योति गुरुङ ‘मिस हेयर’, स्मृति लामिछाने ‘मिस राईजिग स्टार’ भए ।

SUBSCRIBE 👉